“दर्ज्यानी चिन्हद्वारा सु-शोभन कार्यक्रम सम्पन्न”

4.25K
shares

काठमाडौ । काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलकाे प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न भएकाे छ ।

नेपाल प्रहरी प्रधान कार्यालय,मानवश्रोत विकाश विभाग कर्मचारी प्रशासन शाखा नक्सालको २०८०।११।०१ गतेको निर्णयानुसार जनपद समुह तर्फका प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा पदोन्नति हुनु भएका प्रहरी हवल्दारहरुलाई प्रमुख प्रहरी नायव महानिरीक्षकले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नु भएकाे हाे ।


सो कार्यक्रममा सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083