Strategic Command and Management (SCM) Training चौथो समुहको समुद्घाटन कार्यक्रम सम्पन्न
वि.सं.२०८० फागुन ६ आइतवार १९:५९
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरीक्त महानिरीक्षक सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा Strategic Command and Management (SCM) Training चौथो समुहको समुद्घाटन कार्यक्रम सम्पन्न भएकाे छ।
Strategic Command and Management (SCM) Training (प्र.ना.म.नि./प्र.व.उ.) को समुद्घाटन कार्यक्रम सम्पन्न भएकाे हाे ।

नेपाल प्रहरीको उच्च दर्जाका प्रहरी अधिकारीहरू (प्र.ना.म.नि./प्र.व.उ.) सहभागी हुने २० कार्य दिन अवधिको तालिमको उद्घाटन कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक उमेश राज जोशीले तालिम सम्बन्धी परिचय (Course Introduction) प्रस्तुत गर्नु भएको थियो ।
उद्घाटन कार्यक्रमलाई निर्देशन सम्बोधन गर्ने क्रममा प्रमुख अतिथिले नेपाल प्रहरीको रणनीतिक नेतृत्व तथा व्यवस्थापकीय क्षमता अभिवृदि गर्ने यस तालिमलाई व्यवस्थित र प्रभावकारी रूपमा संचालन गर्ने महत्वपूर्ण जिम्मेवार प्राप्त Centre for Excellence यस प्रतिष्ठानले तालिम पाठ्यक्रमले तोकेको मापदण्डमा रही तालिमलाई पूर्णतया गुणस्तरीय, नतिजामुखी र प्रभावकारी बनाउन हरदम प्रयासरत रहेको बताए ।

साथै प्रशिक्षार्थीहरूलाई यस प्रतिष्ठानको Ground Rules&Regulations भित्र रहेर उच्चतम उत्साहजनक र सहभागीतामुलक तबरले तालिममा सहभागी भई तालिम सफलतापुर्वक सम्पन्न गर्न समेत शुभकामना प्रदान गर्नु भएकाे थियाे ।
(तस्बिरमा हेर्नुस् )


















