प्रहरी उपरीक्षक मिलन के.सी. द्वारा निष्पक्ष रुपमा काम गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन

4.62K
shares

झापा । जिल्ला प्रहरी कार्यालय झापाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक मिलन के.सी. ले कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

प्रहरी कर्मचारीहरुले आपसी भाईचारा तथा सहयोगी भावनाको बिकाश गरी आचरण तथा व्यवहारमा सुधार ल्याई आफ्नो काम कर्तव्य, जिम्मेवारी तथा अधिकारको पालना गरी संगठनको हित र उद्धेश्यलाई सदैव प्राथमिकता राखी काम गर्नु निर्देशन दिएका छन् । साथै उपरीक्षक के.सी ले शाखा प्रमुखहरुसँग बिभिन्न बिषयमा छलफल समेत गरेका थिए ।