धर्म-पशुपती मेमोरियल ब्याडमिण्टन प्रतियोगिता उदघाटन कार्यक्रम सम्पन्न

3.54K
shares

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.काे प्रमुख आतिथ्यतामा धर्म-पशुपती मेमोरियल ब्याडमिण्टन प्रतियोगिता उदघाटन कार्यक्रम सम्पन्न भएकाे छ ।

पुलिस पब्लिक ब्याडमिण्टन क्लब धनगढीद्वारा आयोजित धर्म-पशुपती मेमोरियल राष्ट्रिय ब्याडमिण्टन प्रतियोगिताको प्रमुख अतिथी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.ले एक कार्यक्रमका बीच उद्घाटन भएकाे हाे ।

क्लबका अध्यक्ष चेतराज जोशीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथी प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी. विशिष्ठ अतिथीमा सशस्त्र प्रहरी बल बैद्दनाथ बाहिनी अत्तरियाका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपाने,राष्ट्रिय अनुसन्धान बिभाग सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख अनुसन्धान निर्देशक ईन्द्र सिंह लामा उपस्थित रहनु भएको उक्त कार्यक्रममा सरकारी तथा गैर-सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधी,पत्रकार,खेलाडीहरु समेतको उपस्थिती रहेको थियो ।

प्रतियोगितामा प्रदेश भित्र र बाहिर बिभिन्न जिल्लाहरुबाट ८९ टिमको सहभागिता रहेको छ भने उक्त प्रतियोगिता आजैबाट तीन दिनसम्म सञ्चालन हुने छ ।