प्रहरी उपरीक्षक रुपेश खड्काकाे प्रमुख आतिथ्यतामा परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
वि.सं.२०८० फागुन ११ शुक्रवार २१:२३
4.23K
shares
shares

सुर्खेत । जिल्ला प्रहरी कार्यलय सुर्खेतका कार्यलय प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्काकाे प्रमुख आतिथ्यतामा परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं.७ स्थित कार्यालयको समिक्षा हलमा कार्यालय प्रमुख रुपेश खड्काकाे उपस्थितिमा जिल्लामा रहेका पत्रकारहरु, सुनचाँदी व्यवसायी संघका पदाधिकारीहरु र यातायात व्यवसायी संघका पदाधिकारीहरुको उपस्थितिमा परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम भएकाे थियाे । साथै उनले केही दिन अघि मात्रै जिल्ला प्रहरी कार्यलय सुर्खेतकाे पदभार ग्रहण गरेका हुन् ।

















