गण्डकी प्रदेश प्रहरी प्रमुख विकास राज खनालद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाकाे निरीक्षण

4.46K
shares

गाेरखा । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक विकास राज खनालले जिल्ला प्रहरी कार्यालय गोरखाकाे निरीक्षण गर्नु भएकाे छ ।

प्रहरी नायव महानिरीक्षक विकास राज खनाल जिल्ला प्रहरी कार्यालय गोरखामा पुगि निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम आज सम्पन्न गर्नु भएको हाे ।

उक्त कार्यक्रममा कार्यालय अर्न्तगतका सम्पूर्ण शाखाहरू, मेश, भवन लगायतको निरीक्षण गरी उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई व्यावसायिक, अनुशासित एवं कर्तव्यनिष्ठ भई कार्यसम्पादन गर्न आवश्यक निर्देशन समेत दिनु भएको थियाे ।

कार्यक्रममा प्रहरी उपरीक्षक बासुदेब पाठक, सिनियर/ जुनियर प्रहरी कर्मचारीहरु लगाएतकाे उपस्थिति रहेकाे थियाे ।