दक्षिण एसियाली रिजनल यु–१५ तथा यु–१७ जुनियर ब्याडमिन्टन प्रतियोगिताको लागी नेपाली टोली पाकिस्तान प्रस्थान गर्दै

5.2K
shares

काठमाडौ । दक्षिण एसियाली रिजनल यु–१५ तथा यु–१७ जुनियर ब्याडमिन्टन प्रतियोगिताको लागी नेपाली टोली पाकिस्तान प्रस्थान  गर्ने भएकाे छ ।

पाकिस्तानको इस्लामाबादमा मार्च ३–७ तारिखसम्म हुने दक्षिण एसियाली रिजनल यु–१५ तथा यु–१७ जुनियर ब्याडमिन्टन प्रतियोगिता साथै सोही दौरान हुने ब्याडमिन्टनको विभिन्न कार्यक्रममा सहभागी हुनका लागी १० खेलाडीसहित १८ सदस्यीय टोली भोलि पाकिस्तान प्रस्थान गर्ने भएकाे हाे ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले रास्ट्रिय खेलकुद परिसदको कार्यलय बाट बिदाई गर्ने क्रममा जुनियर टोलीलाई हौसला दिदै जुनियर खेलाडीहरु नै भविस्यको च्याम्पियन हुन् , अध्यन र खेल दुवैलाई निरन्तरता दिए भविस्य उज्ज्वल रहने जिकिर गरे। नेपाल ब्याडमिन्टन संघलाई पनि नया खेलाडी उत्पादन गर्न र संघलाई चलाएमान बनाउन गुरुयोजना बनाई अघि बढन निर्देशन दिएका छन् ।

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठले यी जुनियर खेलाडीहरु भविस्यमा ओलम्पिक च्याम्पियन बन्ने लक्ष्य राख्नुहुन खेलाडीलाई सुझाव दिएका छन र खेल र खेलाडी बिकाशको लागि नेपाल ब्याडमिन्टन संघलाई आवाश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै सम्पुर्ण टोलीलाई ओलम्पिक कमिटिको कार्यलयबाट शुभकामना सहित बिदाइ गर्नु भएको छ ।

खेलाडी (यु–१५)
रिजन मगर, सुदेश राजकोटी, सदिप राई, रिहाना शेरचन र निभा राई ।

खेलाडी (यु–१७)
कविर केसी, सुविन श्रेष्ठ, अमन डंगोल, समृद्धि श्रेष्ठ र आस्ना श्रेष्ठ ।
मानबहादुर मल्ल टिम लिडर , बेनुप खत्री व्यवस्थापक र सन्जिव श्रेष्ठ प्रशिक्षक ।
लिडर्स मिटिङ: नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ
अम्पायर कोर्स: राजु श्रेष्ठ र राधेश्याम मचामसी ।
जेन्डर इक्विटी एन्ड वोमन्स इम्पावरमेन्ट वर्कसप : गीताकुमारी शाही र सन्ध्या थापा ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083