सशस्त्र प्रहरी पर्साद्वारा ७० लाखको कपडा सहित ट्रक नियन्त्रणमा !
वि.सं.२०८० फागुन १५ मंगलवार ११:३२
6.54K
shares
shares

पर्सा । सशस्त्र प्रहरी बल पर्साले विल बिजक बिना लगिरहेको सत्तरी लाख बराबरको कपडा सहित ट्रकलाइ नियन्त्रण लिएको छ । पर्सा बिरगंज म. न. पा.-२५ बहुअरी स्थित अलौबाट खटेको सशस्त्र प्रहरीको टोलि ले ना.८ ख.३९७८ नम्बर को ट्रक काडमाण्डौ तर्फ जादै गरेको अवस्थामा पक्राउ गरेको छ ।
उक्त ट्रक चेकजाँच गर्ने क्रममा विल विजकमा संकास्पद देखिएकोले मुल्य रु ७०,००,०००-। बराबरको कपडा र अन्दाजी मुल्य रु.४०,००,००० गरी जम्मा गरि एक करोड दश लाख मूल्य बराबरको सामान सहितको ट्रक नियन्त्रणमा लिएको आवश्यक कारवाहीको लागि मिति राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको सशस्त्र प्रहरी पर्साका नायब उपरीक्षक संगम श्रेष्ठले बताए ।

















