प्रहरी अतिरिक्त महानिरीक्षक  सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न

6.31K
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक  सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा  दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएकाे छ ।

प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा मानार्थ बढुवा हुनु भएका यस प्रतिष्‍ठान दरबन्दी भई कार्यरत प्रहरी वरिष्‍ठ नायव निरीक्षक विष्णु बहादुर श्रेष्ठ लाई प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीद्वारा दर्ज्यानी चिन्हद्वारा सु-शोभन कार्यक्रम सम्पन्न भएकाे हाे ।

उक्त कार्यक्रममा प्रमुख अतिथिले बढुवा भएका प्र.व.ना.नि. विष्णु बहादुर श्रेष्ठलाई बधाई एवम शुभकामना व्यक्त गर्दै पदोन्नतीसँगै भोलिका दिनमा अझ जिम्मेवार भएर व्यवसायिक, ईमान्दारिता तथा थप क्रियासिल भई पदिय जवाफदेहिताको लागी राज्य, संगठन र जनता प्रति अनुग्रहित हुदैं कुशलतापूर्वक कार्यसम्पादन गर्न समेत निर्देशन दिनु भएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083