प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीको प्रमुख आतिथ्यतामा “व्यवहारिक अध्ययन भ्रमण” कार्यक्रम सम्पन्न
वि.सं.२०८० फागुन १८ शुक्रवार १९:४७
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीको प्रमुख आतिथ्यतामा “व्यवहारिक अध्ययन भ्रमण” कार्यक्रम सम्पन्न भएकाे छ ।
२०८०/११/१८ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा संचालन हूँदै आएको प्रहरी निरीक्षक आधारभुत तालिमका नव-नियुक्त प्रहरी निरीक्षकहरूको पाठ्यक्रम अनुसार “व्यवहारिक अध्ययन भ्रमण” कार्यक्रमको लागि प्रतिष्ठानबाट विभिन्न प्रदेशका जिल्लाहरूमा खटि जाने प्रहरी निरीक्षक आधारभूत तालिमका प्रशिक्षार्थीहरूलाई प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीको प्रमुख आतिथ्यतामा शुभकामना एवं निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा प्रमुख अतिथिले प्रहरी निरीक्षक आधारभुत तालिमको दोस्रो चरण सम्पन्न गरी यस प्रतिष्ठानबाट २५ (पच्चिस) दिन अवधिको व्यवहारिक अध्ययन भ्रमणका लागि जाने सम्पूर्ण प्रशिक्षार्थीहरूलाई शुभकामना व्यक्त गर्नु भएको थियो ।
विगतका आफ्नो सेवा तथा आधारभुत तालिमका प्रारम्भिक दिनहरूलाई स्मरण गर्दै कार्यकारी निर्देशकज्यूले तालिममा गरेको मेहनत तथा अनुशासनले दीर्घकालीन रूपमा सफलता दिलाउने विश्वास व्यक्त गर्नु हुदैँ प्रहरी पेशा निकै चुनौतीपूर्ण बन्दै गएको र यस किसिमका चुनौतीको सामना गर्न तथा पेशागत जीवनलाई सहज बनाउन प्रतिष्ठानमा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा प्रयोग गर्न र फिल्डको बदलिंदो परिवेशलाई बुझ्न यस भ्रमणले निकै ठुलो भुमिका खेल्ने कुरा अवगत गराउनु भयो ।

यसका साथै प्रशिक्षार्थीहरुले यस प्रतिष्ठानको मर्यादा, गरिमा र उच्च अनुशासनलाई कायम राख्ने विषयमा आफु निश्चिन्त रहेको र प्रहरी सेवामा सम्पूर्ण प्रशिक्षार्थीहरूको लागि आफूले सदैव अभिभावकको भूमिका निर्वाह गर्ने तथा प्रहरी व्यवहारमा देखिने असल अभ्यासहरूलाई मात्र आत्मसाथ गर्न विशेष निर्देशन समेत प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका निर्देशक प्र.ना.म.नि. उमेश राज जोशी, प्रहरी निरीक्षिक आधारभूत तालिमका संयोजक, सह-संयोजकहरु, प्रहरी निरीक्षकहरु, प्रशिक्षक वर्ग तथा सम्पूर्ण प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो ।































