प्रहरी उपरीक्षक मोहन कुमार थापाकाे प्रमुख आतिथ्यतामा “लागू औषध दुर्व्यसनी” सम्बन्धी सचेतना मूलक कार्यक्रम सम्पन्न
वि.सं.२०८० फागुन २० आइतवार २३:००
shares

कास्की । जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाकाे प्रमुख आतिथ्यतामा लागू औषध दुर्व्यसनी सम्बन्धी सचेतना मूलक कार्यक्रम सम्पन्न भएकाे छ ।
पोखरा महानगरपालिका ६ नम्वर वडाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यलय बैदाम, पब्लिक फोरके टेलिभिजन र नवजीवन नेपाल लागू औषध उपचार तथा पुनस्थापना केन्द्रको सहकार्यमा लागू औषध नियन्त्रण सम्बन्धी सचेतना मूलक कार्यक्रम सम्पन्न भएकाे हाे ।

कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं.६ बैदाममा रहेको तालबाराही माध्यमिक विद्यालयमा सोही विद्यालयका विद्यार्थी, स्थानीय आमा समुह तथा टोल विकास संस्थाका पदाधिकारीहरुलाई लागू औषध विरुद्ध सचेतना मूलक प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्र.नि. तिलक मानन्धरले लागू औषध दुर्व्यसनी, कास्की जिल्लामा लागू औषधको अवस्था, रोकथामका उपाय तथा कानूनी व्यवस्थाका बारेमा प्रस्तुतिकरण समेत प्रस्तुत गर्नु भएको थियो ।































