“Strategic Command and Management (SCM) (प्र.ना.म.नि/प्र.व.उ.) Training” चौथो समूहको अन्तरक्रिया कार्यक्रम सम्पन्न

4.52K
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीको प्रमुख आतिथ्यतामा “Strategic Command and Management (SCM) (प्र.ना.म.नि/प्र.व.उ.) Training” चौथो समूहको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

२०८०/१०/०६ गते देखि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा सञ्चालन भएको २० कार्य दिन अवधिको “Strategic Command and Management (SCM) (प्र.ना.म.नि/प्र.व.उ.) Training” चौथो समूहको अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएकाे हाे ।

उक्त कार्यक्रममा प्रमुख अतिथिबाट अन्तरक्रियाको क्रममा उठेका प्रश्न तथा जिज्ञासाहरुको सम्बोधन गर्नु हुदैं समय सापेक्ष कुनै पनि तालिमको औचित्यता तथा सान्दर्भिकता सांगठनिक उद्धेश्यलाई पूर्ति गर्ने अभिप्रायले परिमार्जित गर्दै लैजानु पर्ने कुरा उल्लेख गर्नुका साथै तालिमको दौरानमा सिकेका ज्ञान, सीप र कौशललाई व्यावसायीक जीवनमा पुर्ण रुपमा लागु गर्न र आ-आफ्नो कार्य क्षेत्रमा गई सैद्धान्तिक र व्यवहारिक तवरले आफ्ना मातहतका प्रहरी कर्मचारीहरुलाई पनि प्रशिक्षण गर्न निर्देशन समेत दिनु भएको थियो ।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083