“अप्रेशनल कमाण्ड तथा व्यवस्थापन” (OCM-III) (प्र.उ/प्र.ना.उ) तालिम १४ औं समूहमा सहभागी प्रशिक्षार्थीहरुको अन्तरक्रिया कार्यक्रम सम्पन्न
वि.सं.२०८० फागुन २९ मंगलवार २१:१२
shares

काठमाडौ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुवर काे प्रमुख आतिथ्यतामा “अप्रेशनल कमाण्ड तथा व्यवस्थापन” (OCM-III) (प्र.उ/प्र.ना.उ) तालिम १४ औं समूहमा सहभागी प्रशिक्षार्थीहरुको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।
२०८०/१०/०२ गते देखि प्रतिष्ठानमा सञ्चालित “अप्रेशनल कमाण्ड र व्यवस्थापन (OCM Level-III) (प्र.उ./प्र.ना.उ.) तालिम” १४ औं समूहका प्रशिक्षार्थीहरूको अन्तरक्रिया कार्यक्रम आज प्रहरी महानिरीक्षक बसन्त बहादुर कुवरसँग सम्पन्न भएकाे हाे ।

कार्यक्रममा प्रमुख अतिथिले प्रशिक्षार्थी प्रहरी अधिकृतहरुले नेपाल प्रहरीको कमाण्ड तथा कार्यालय व्यवस्थापन लगायत अपराध अनुसन्धान, नविन प्रविधि, तनाव/गुनासो व्यवस्थापन एवं विविध विषय सँग सम्बन्धि उठाएका प्रश्न तथा जिज्ञासाहरुको सम्बोधन गर्दै प्रशिक्षणको दौरानमा हासिल गरेका ज्ञान, सीप तथा कौशललाई कार्यक्षेत्रमा व्यवहारमा लागु गर्न निर्देशन दिनु भएको थियो ।
साथै कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले कार्य व्यस्तताको बाबजुद पनि समय उपलब्ध गराई प्रशिक्षार्थीहरुलाई दिनु भएको महत्वपूर्ण निर्देशन सम्बोधनको लागि प्रमुख अतिथिमा हार्दिक धन्यवाद ज्ञापन प्रदान गर्नु भएको थियो ।
उक्त कार्यक्रममा यस प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक उमेशराज जोशी लगायत राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान तथा नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।































