लुम्बिनीमा आयाेजित विज्ञ समितिको कार्यशाला सकियो
वि.सं.२०८० चैत ६ मंगलवार २२:११
shares

लुम्बिनी स्थित बुद्धमाया गार्डेन होटेलमा भएको कार्यशालामा बृहत्तर लुम्बिनी क्षेत्रका पुरातात्विक संरक्षण र सम्पदालाई हानी नपु¥याउने गरी विकास गर्न विज्ञहरुले सुझाव दिएका छन् ।
लुम्बिनी क्षेत्रमा संरक्षणको मूल्य मान्यता राख्दै विकास गर्न सरकार, पुरातत्व विभाग, युनेस्को नेपाल र लुम्बिनी विकास कोषले स्वदेशी र विदेशी विशेषज्ञ सम्मिलित अन्तर्राष्ट्रिय विज्ञ समिति बनाइएको हो ।
यस्तै कार्यशालामा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सहसचिव सुरेश सुरस श्रेष्ठ, कोषका योजना प्रमुख स्मिता भट्ट, कार्यकारिणी सदस्य श्याम रोका लगायतले छलफलमा सहभागिता जनाएका थिए ।
तीनदिने कार्यशालामा बृहत्तर लुम्बिनी क्षेत्रमा हाल भइरहेका गतिविधि र सम्पदाको दिगो संरक्षण र भावि योजनाका बारेमा छलफल गरि सुझावहरु दिइएको बरिष्ठ निर्देशक ज्ञानिन राईले बताए ।




























