स्थानिय तह-प्रहरी-विद्यालय सम्पर्क कार्यक्रमको समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न

6.25K
shares

सिरहा । नवराजपुर गाउँपालिकाको गा.पा. अध्यक्ष शिव उद्‍गार यादवको प्रमुख आतिथ्यतामा, प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल, जिल्ला प्रहरी कार्यालय सिरहाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सन्तोष आचार्यकाे उपस्थितिमा स्थानिय तह-प्रहरी-विद्यालय सम्पर्क कार्यक्रमको समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएकाे छ ।

सिरहा जिल्ला नवराजपुर गाउँपालिका वडा नं.०४ स्थित नवराजपुर गाउँपालिकाको कार्यालयमा जिल्ला प्रहरी कार्यालय सिरहाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे ।

२०८०।१०।०९ गतेको प्राप्त पत्र द्वारा तयार पारिएको “स्थानिय तह-प्रहरी-विद्यालय सम्पर्क कार्यक्रम पुस्तिका २०८०” को सम्बन्धमा आज हस्ताक्षर कार्यक्रम सम्पन्न भएको थियाे ।

उक्त कार्यक्रममा सशस्त्र प्रहरी वल नेपाल नं. ७ गण हेक्वा सन्हैठा सिरहाका प्रमुख स.प्र.उ. शिव प्रसाद गैरे, नवराजपुर गाउँपालिकाको उपाध्यक्ष पुनम यादव, गाउँपालिकाका शिक्षा शाखा प्रमुख मुनेन्द्र यादव लगातय गाउँपालिकाका अन्य वडाका वडा अध्यक्षहरु, ईलाका प्रहरी कार्यालय झाझपट्टी सिरहाका प्र.ना.नि. राकेश साह तथा प्रहरी कर्मचारीहरु, गाउँपालिकाका अन्य शाखा प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083