प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङकाे प्रमुख आतिथ्यतामा प्रहरी चौकी रुपाटार भवनकाे समुद्‍घाटन कार्यक्रम सम्पन्न

6.45K
shares

उदयपुर ।  कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख  प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङकाे प्रमुख आतिथ्यतामा प्रहरी चौकी रुपाटारकाे भवनकाे समुद्‍घाटन कार्यक्रम सम्पन्न भएको छ ।

प्रमुख अतिथीद्वारा प्रहरी चौकी रुपाटार, उदयपुरको कार्यालय तथा प्रहरी व्यारेक भवनको समुद्‍घाटन गर्नु भई भवनको निरीक्षण समेत गरि समुद्‍घाटन कार्यक्रम सम्पन्न भएको हाे ।

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजनामा ताप्ली गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विश्वकर्माको अध्यक्षतामा, प्रमुख जिल्ला अधिकारी, गा.पा. उपाध्यक्ष तथा बिभीन्न वडाका वडाध्यक्षहरु, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, वडा अध्यक्षहरु, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, यातायात व्यवसायीहरु, शैक्षिक संस्थाका प्रमुख तथा शिक्षकहरु, बिभिन्न बिद्यालयका बिद्यार्थीहरु, सर्वसाधरण मानिसहरुको उपस्थिति रहेको थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083