एसएसपी शेखर खनालको प्रमुख आतिथ्यतामा ‘दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम’ सम्पन्न
वि.सं.२०८१ जेठ ११ शुक्रवार २१:४२
shares

काठमाडौ । जिल्ला प्रहरी कार्यालय ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएकाृ छ ।
दर्ज्यानी चिन्ह सुशोभन पश्चात पदोन्नति भएका प्रहरी कर्मचारीहरुलाई बधाई तथा शुभकामना दिदै प्रहरी उपरीक्षक थापाले सरुवा वढुबा प्रहरी सेवामा प्रवेशदेखी अवकाससम्म प्रहरी कर्मचारीको नियमित प्रकृया भएकाले प्रहरी ऐन तथा नियमावलीमा तोकिए बमोजिम आफ्नो पदिय दायित्व निर्वाह गर्न निर्देशन दिनुभयो ।

प्रहरी नायव निरीक्षक पदबाट प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा पदोन्नति हुनु भएका जिल्ला प्रहरी परिसर मातहत प्रहरी बृत्त सातदोबाटो कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक भुषण श्रेष्ठलाई दर्ज्यानि चिन्ह प्रदान गर्नु भएको हो ।
उक्त कार्यक्रममा प्रहरी नायब उपरीक्षक, निरीक्षक, सिनियर र जुनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो































