‘मनोपरामर्श सम्बन्धी सचेतनामूलक कार्यक्रम’ सम्पन्न

3.74K
shares

काठमाडौ । प्रहरी बृत्त नयाँ बानेश्वरका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) शिवराज बुढाथोकीको प्रमुख आतिथ्यतामा मनोपरामर्श सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी बृत्त नायाँ बानेश्वर,सामुदायीक बिकास तथा सेवा समिति एवं सामुदायिक प्रहरी सेवा केन्द्र बानेश्वर ३१ र प्रगती नेपालको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

May be an image of 7 people, people studying, people smiling, hospital and text

डिएसपी शिवराज बुढाथोकीले आत्महत्या गर्नु समस्याको समाधान होईन घर परिवार समाजलाई समेत नराम्रो असर पारिरहेको हुन्छ त्यस कारण हामी सबै नागरिकहरूले सकरात्मक सोचहरू सोचौ, नकारात्मक सोच नसोच्न आग्रह समेत गर्नु भयो । डिएसपी बुढाथोकीले समग्रमा ब्यक्तिगत सुरक्षा साथै बिद्यार्थीहरुलाई अपराधिक क्रियाकलापमा लाग्न नदिन अविभाबक तथा शिक्षक शिक्षिकाहरूलाई सचेत रहन र बिद्यार्थीको भबिष्यप्रती सम्बेदनशील रहन आग्रह गर्दै आफ्नो टोल छिमेकमा जस्तोसुकै समस्या परेमा तत्काल प्रहरीलाई खबर गर्न अनुरोध गर्नुभयो ।

साथै अन्तमा डा.समरी शाहले मनोपरामर्श सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न गर्नु भएको थियो ।

May be an image of 3 people

May be an image of 6 people

काठमाडौ महानगरपालिका ३१ वडा नम्बर भिमसेन गोला मा.बि.को सभाहलमा भएको उक्त कार्यक्रममा प्रगति नेपालका अध्यक्ष दुर्गा थापाको अध्यक्षता, वडाका वडा सदस्य असोक के.शी., कार्यपालिका सदस्य बिनोद अछामी,डा. समरी शाह, बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु, बिद्यार्थी, शिक्षक, शिक्षिका, र अभिभावकहरूको उपस्थिती रहेको थियो ।

May be an image of 7 people, hospital and text

May be an image of 6 people, people performing martial arts, people smiling and text

May be an image of 11 people and text that says 'प्रगति नेपालको आयोजनामा युवाहरुलाई मनोपरामर्श सम्बन्यी. न्तत्रिया श্যा तना रमदासप्र्रीराठेवरी 製 रमुदाय प्ह्रोर साळेदारी ដូ मनापर कम'