(सि.प्र.अ./जु.प्र.अ.) अनुशिक्षण प्रथम समूह” का प्रशिक्षार्थीहरूसँग ‘सामुहिक अन्तरक्रिया कार्यक्रम’ सम्पन्न
वि.सं.२०८१ जेठ ३१ बिहीवार २३:१४
shares

काठमाडौ । “सम्पत्ति शुद्धीकरण, आतङ्ककारी कार्य वा आमविनासका हातहतियार निर्माण वा विस्तारमा वित्तीय लगानी सम्बन्धी अपराध अनुसन्धान (सि.प्र.अ./जु.प्र.अ.) अनुशिक्षण प्रथम समूह” का प्रशिक्षार्थीहरूसँग सामुहिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
२०८१/०२/२८ गते देखि नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय महाराजगंजमा सञ्चालन भएको प्रशिक्षार्थीहरूको आज उक्त कार्यक्रम सम्पन्न भएको हो ।

अन्तरक्रिया कार्यक्रम सह महान्यायधिवक्ता संजिव राज रेग्मी, प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक सुदिप गिरी, निर्देशक प्रहरी नायब महानिरीक्षक राजन अधिकारी, राष्ट्र वैंकका निर्देशक डा. हरी कुमार नेपाल र नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र बहादुर खत्रीको उपस्थीतिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

































