एसएसपी अबि नारायण काफ्लेको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न

4.07K
shares

बिराटनगर । कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्लेको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।

जनपद तर्फको प्रहरी जवान पदबाट सोही समूहतर्फको प्रहरी सहायक हवल्दार पदमा पदोन्नती भएका प्रहरी सहायक हवल्दारहरुलाई एसएसपी अबि नारायण काफ्लेले दर्ज्यानी चिन्हद्धारा सुशोभन गर्न भएको हो ।

May be an image of 3 people and text

कार्यक्रममा प्रमुख अतिथिले पदोन्नती भएका प्रहरी सहायक हवल्दारहरुलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरि बधाई तथा शुभकामना दिदैँ साथै थपिएको नयाँ जिम्मेवारी अनुशासित, इमान्दार, कर्तव्यनिष्ठ भई राज्य, संगठन र जनताप्रति इमान्दार भएर कार्य सम्पादन गर्न हुन समेत निर्देशन दिनु भयो ।

May be an image of 4 people, dais and text

उक्त कार्यक्रममा केन्द्रका सह-समादेशक प्रहरी नायव उपरीक्षक रविन विष्ट, प्रहरी निरीक्षकहरु, जुनियर प्रहरी अधिकृतहरु तथा तालिमरत प्रशिक्षार्थीहरु समेतको उपस्थिति रहेको थियो ।

तस्वीरमा हेर्नुहोस्

May be an image of 3 people and text

May be an image of 5 people and text

May be an image of 3 people and text

May be an image of 8 people and table

May be an image of 6 people and text


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083