आईजीपी वसन्त कुवँरद्वारा भोजनसेवा र आवश्यक खाध्यान्न सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न

4.47K
shares

काठमाडौ ।  नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक आईजीपी वसन्त कुवँरद्वारा मानवसेवा आश्रम अवलोकन एवम् आश्रमका गरिब आमाबुबालाई भोजनसेवा र आवश्यक खाध्यान्न चामल, दाल र तेल सहयोग हस्तान्तरण गर्नु भएको छ ।

“सेवा नै धर्म हो” भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै आईजीपी वसन्त कुवँरद्वारा भोजनसेवा र आवश्यक खाध्यान्न सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हाे।

कार्यक्रममा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक एवम् मानवसेवा आश्रमका अभिभावक बसन्त कुँवर, नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुवर, प्रहरी अतिरिक्त महानिरिक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी बरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरु लगायतका उपत्यकाका अन्य प्रहरी कर्मचारीहरुकाे उपस्थिति रहेको थियाे ।