नेपाल प्रहरीको कार्ययोजना र वार्षिक कार्यसम्पादन सम्झौताको कार्य प्रगति समीक्षा कार्यक्रम सम्पन्न
वि.सं.२०८१ भदौ ६ बिहीवार २०:१२
4.32K
shares
shares

काठमाडौ । नेपाल प्रहरीको कार्ययोजना र वार्षिक कार्यसम्पादन सम्झौताको कार्य प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको उपस्थितिमा नेपाल प्रहरीको कार्ययोजना, २०८० र कार्यसम्पादन सम्झौता २०८०/८१ को वार्षिक समीक्षा तथा चालु आ.व. २०८१/८२ को कार्य प्रगति समीक्षा कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालय सम्पन्न भएको हो ।

कार्यक्रमलाई निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरीले संचालन गर्ने हरेक क्रियाकलापको प्रभावकारिता मापन गर्दै कामको गुणस्तर बढाउँदै लैजानुपर्ने बताउनु भयो । समग्रमा प्रहरीप्रतिको दृष्टिकोण नागरिक र सामाजमा सकारात्मक बनाउन, नागरिकको विश्वास जगाउन र त्यो विश्वासलाई थप अभिवृद्धि गर्न प्रहरीले सीमान्तकृत वर्ग र निम्नस्तरका नागरिकप्रति अझ आत्मीय हुँदै नागरिक सेवामा समर्पित हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
नेपाल सरकार र प्रहरी संगठनको लक्ष्य प्राप्तिको लागि सबै प्रहरी कर्मचारीहरूले आफ्नो काम, कर्तव्य र जिम्मेवारीप्रति जवाफदेही भएर उत्कृष्ट तवरले कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनु भएको थियो ।
































