सशस्त्र प्रहरी बल नेपालका एआईजीहरुको सरुवा

3.59K
shares

काठमाडौं ।  सशस्त्र प्रहरी बल नेपालका प्रहरी अतिरिक्त  महानिरिक्षक (एआईजी) हरुको सरुवा भएको छ।

पछिल्लो पटक बसेको मन्त्रीपरिषद् बैठकले सशस्त्रका ३ एआईजीको सरुवा गरेको हो।

सीमा सुरक्षा विभागमा रहेका सशस्त्र एआईजी नारायणदत्त पौडेललाई कार्य विभागमा सरुवा गरिएको छ भने कार्यविभागका वंशीराज दाहाललाई मानवस्रोत विभागमा सरुवा गरिएको छ।

त्यस्तै मानव स्रोत विभागका एआईजी चन्द्रप्रकाश गौतमलाई सीमा सुरक्षा विभागमा सरुवा गरिएको जनाइएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083