प्रहरी महानिरीक्षकसँग अपराध अनुसन्धान सम्बन्धी विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
वि.सं.२०८१ भदौ १७ सोमवार १८:१७
shares

काठमाडौ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरसँग अपराध अनुसन्धान सम्बन्धी विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । २०८१/०४/०६ गतेदेखि संचालित अपराध अनुसन्धान तालिम (सि.प्र.अ.) ९७ औं समूहका प्रशिक्षार्थीहरुको आईजीपी बसन्त बहादुर कुँवरसँग अपराध अनुसन्धान सम्बन्धी विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
प्रहरी महानिरीक्षकले प्रशिक्षार्थीबाट अपराध अनुसन्धानको सम्बन्धमा उठेका जिज्ञासाहरुका समाधान गर्नुका साथै निर्देशन सम्वोधनका क्रममा नेपाल प्रहरी संगठनका अपराध अनुसन्धान लक्षित भावी रणनीति, योजना तथा अपराध अनुसन्धानको क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीहरूको वृत्ति विकास सम्बन्धमा समेत प्रकाश पार्नु भएको थियो ।

उक्त कार्यक्रमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक डा. मनोज कुमार के.सी र नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्यको समेत उपस्थिति रहेको थियो ।















