नेपाल प्रहरीलाई चाहियो ६४ इन्स्पेक्टर र २५६ असई (सूचनासहित)
वि.सं.२०८१ भदौ २८ शुक्रवार १४:४५
3.93K
shares
shares

काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सहायक निरीक्षक (असई) सहित ३२० जनाको आवेदन माग गरेको छ।
प्रहरी प्रधान कार्यालय मानवस्रोत विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनौट शाखाले भर्नाका लागि दर्खास्त आह्वान गरेको हो।
समावेशी आधारमा मागिएको आवेदनमा ६४ जना प्रहरी निरीक्षक २५६ जना सहायक निरीक्षकको माग गरिएको छ।
सूचनामा उल्लेख भए अनुसार योग्य उम्मेदवारले भदौ ३० गते देखि असोज ३० गतेभित्र आवेदन दिन सक्ने नेपाल प्रहरी भर्ना छनौट शाखाले जनाएको छ।




















