शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि अभिभावक शिक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

7.57K
shares
काठमाण्डौ ।  शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि अभिभावक शिक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ओमेगा कलेज र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, तिखेदेवल ललितपुरको आयोजनामा उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि अभिभावक शिक्षा सम्बन्धी अन्तक्रिया कार्यक्रम ललितपुर महानगरपालिका -०५, ओमेगा कलेजमा सम्पन्न भएको हो ।
विभिन्न अपराध र अपराधिक घटनाको बारेमा सचेतना बढाउनु, कानूनको अज्ञानता क्षमा नहुने भन्ने बारे जानकारी प्रदान गर्नु साथै प्रहरी-शैक्षिक संस्था – अभिभावक बिचको सम्बन्ध स्थापित गर्नु प्रमुख उद्धेश्यका साथ आयोजित उक्त कार्यक्रममा उठेका जिज्ञाशाहरुको सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि सामुदायिक-प्रहरी साझेदारीको अवधारणा बमोजिम सामुदायिक प्रहरीसँग हातेमालो गर्दै प्रहरी भय नभई भरोसा भएको भन्ने हरेक नागरीक तथा विद्यार्थीहरुलाई प्रत्याभुती दिलाउन सक्नु नेपाल प्रहरीको अभिलाषा बमोजिम काठमाण्डौ उपत्यका प्रहरी कार्यालय मातहतले सामुदायिक स्तरमा नै जन चेतनामूलक कार्यक्रम गर्नुका साथै जनचेतना मूलक पाठ्यपुस्तक नै तयार गरी विभिन्न स्थानिय तहसग सम्झौता समेत गरिसकेको बताउनु भयो ।
May be an image of 2 people, dais and text
प्रारम्भिक सूचनानै अपराध अनुसन्धानको मूल श्रोत हुनाले समुदायका हरेक नागरिक पनि बिना वर्दीको प्रहरी भएको हुदा समयमै सूचना प्रहरीलाई दिन अनुरोध गदै प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले हरेक अभिभाभकले आफ्नो बाल- बालिकाको बारेमा बिषेश ख्याल गर्दै उनीहरुको मानसिक तथा शारिरीक परिवर्तनको सहयात्री बन्न अनुरोध गर्नुभयो । साथै नजिकै आउँदै गरेका शुभ विजया दशमी, दिपावली, छठ साथै नेपाल संवत् ११४५ को हार्दिक शुभकामना व्यक्त गर्दै चाडपर्वहरूलाई सुरक्षित साथ मनाउनका लागि समेत अनुरोध गर्नुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख, प्रहरी बरिष्ठ उपरिक्षक शेखर खनाल, प्रहरी कर्मचारीहरू, शिक्षक/शिक्षिकाहरु, अभिभावकहरु, विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।
May be an image of 6 people, dais and text

divya collage
unigloble collage