चाडपर्व लक्षित सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालकको प्रतिवद्धता कार्यक्रम सम्पन्न
वि.सं.२०८१ असोज ५ शनिवार १३:०८
3.08K
shares
shares

मकवानपुर । चाडपर्व लक्षित सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालकको प्रतिवद्धता कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय स्थित मकवानपुर जिल्लामा बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्री सुरज चन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा सवारी चालकहरु संगको प्रतिवद्धता कार्यक्रम सुरूवात गरिएको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा मातहत १० जिल्लाहरूबाट एकैपटक चाडपर्व लक्षित सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालकहरू संगको प्रतिवद्धता कार्यक्रम गरिएको हो ।
सोही समयमा यस बागमती प्रदेशस्तरिय कार्यक्रम मातहत अन्य ९ जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारी, नगरप्रमुख र जिल्ला प्रहरी प्रमुखहरूबाट एकैपटक कार्यक्रम समुद्घाट्न गरि आजै ७३८ जना सवारी चालकहरू ( सार्वजनिक तथा मोटरसाइकल चालक ) लाई प्रतिवद्धता गराइएको छ ।

















