सामुहिक छलफल कार्यक्रम सम्पन्न

4.32K
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईकाे प्रमुख आतिथ्यतामा सामुहिक  छलफल कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिष्ठानमा  २०८१/०४/१४ गतेदेखि सञ्चालित ‘अनुसन्धान अधिकृत आधारभूत तालिम’ दोश्रो समूहका प्रशिक्षार्थीहरुको आज  २०८१/०६/०८ गते निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, प्रहरी अतिरिक्त महानिरीक्षक बम बहादुर भण्डारी (अ.प्रा.), प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. मनोज कुमार के.सी. र नेपाली सेनाका महा सेनानी प्रविन राज घिमिरे सहितको सहभागितामा ‘Intelligence and Counter Intelligence in Internal Security Prospects and Challenges’ विषयमा सामुहिक छलफल कार्यक्रम सम्पन्न भएको हाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083