साईबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

2.61K
shares

काठमाण्डौ। काठमाण्डौ प्रज्ञाकुञ्ज स्कुल र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, बानेश्वरको आयोजनामा उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा साईबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम काठमाण्डौ महानगरपालिका ३१ बानेश्वर स्थित काठमाण्डौ प्रज्ञाकुञ्ज स्कुलमा सम्पन्न भएको छ ।

साईबर अपराध बारे शिक्षक, विद्यार्थीहरु एवं अभिभावकहरुको चेतनामा अभिवृद्धि गर्न, विद्यालयको सामाजिक उत्तरदायित्वको वहन गर्नुका साथै प्रहरी-शैक्षिक संस्था – अभिभावक बिचको सम्बन्ध (Rapport building ) स्थापित गर्ने प्रमुख उद्धेश्यका साथ आयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले साईबर अपराधमा कानूनको अनविज्ञताले गर्दा विद्यार्थीहरू कानूनी उल्झनमा पर्ने गरेका र त्यस्तोमा नपर्न सामाजिक सञ्जालमा Chat गर्दा विशेष ध्यान दिने, privacy र security setting मिलाउने लगायत बिभिन्न अनलाईनमा समानहरू मगाउने, Job खोजिदिने, युरोप लगायतका विदेशी मुलुकमा पठाईदिने भन्ने विज्ञापनको प्रलोभनमा नपर्न अनुरोध गर्नुभयो ।

साथै आप्नो छोराछोरीहरूलाई मोबाइल वा डिजितल सामाग्री प्रयोग गर्दा अनलाईनमा के- कस्ता कृयाकलापहरु गरिरहेका छन् त्यसमा पनि अभिभावकले विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।
अपराध रोकथाम र नियन्त्रणमा प्रहरीको साथ-साथै जनसमुदायको भूमिका पनि महत्वपूर्ण रहेकाले नागरिकहरुको सूचना र सहकार्य विना समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गराउन सम्भव नहुने हुनाले नेपाल प्रहरीले सामुदायिक स्तरमा नै जन चेतनामूलक कार्यक्रम गरिरहेको बताउनुभयो । साथै नजिकै आउँदै गरेका शुभ विजया दशमी, दिपावली, छठ साथै नेपाल संवत् ११४५ को हार्दिक शुभकामना व्यक्त गर्दै चाडपर्वहरूलाई सुरक्षित साथ मनाउन समेत अनुरोध गर्नुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाण्डौका कार्यालय प्रमुख, प्रहरी बरिष्ठ उपरिक्षक बसन्त रजौरे , प्रहरी कर्मचारीहरू, शिक्षक/शिक्षिकाहरु, अभिभावकहरु, विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।