चाडपर्वमा काठमाडौं प्रहरीद्वारा थप सुरक्षा प्रदान गर्नेगरी सुरक्षा योजना सार्वजनिक

3.45K
shares

काठमाडौ । चाडपर्वमा काठमाडौं प्रहरीले थप सुरक्षा प्रदान गर्नेगरी सुरक्षा योजना सार्वजनिक भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेले आज सुरक्षा योजना सार्वजनिक गरेका हुन्।

काठमाडौं प्रहरीले चाडपर्वको समयमा तत्काल घटनास्थलमा पुग्ने गरी ७६ वटा ‘क्युआरटी’ टिम परिचालन गर्ने निर्णय गरेको छ। काठमाडौं जिल्लालाई १४ वटा एरियामा विभाजन गरेर डीएसपीको कमान्डमा १० जनाको टिम परिचालन गर्ने गरी सुरक्षा योजना सार्वजनिक गरेको छ ।

अनुसन्धानमा आवश्यक सामग्रीले सुसज्जित ७६ वटा ‘ई–क्यूआरटी’ टोली परिचालन गर्ने गरी सुरक्षा योजना बनाएको छ । प्रहरीले चाडपर्वमा लुटपाट, चोरी, डकैती, तस्करी, जुवातास तथा अवैध मदिरा बिक्री तथा वितरण महँगो भाडा असुलीजस्ता अपराध हुनसक्ने जनाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083