फोक्सिङ्टारको पक्कीपुल पुननिर्माणका लागी प्रधानमन्त्रीको ध्यानाकर्षण 

3.12K
shares
काठमाडौ  । गत असोज १० देखी १२ गते सम्म परेको अविरल वर्षात पछिको बाढीले निम्त्याएको वितण्डाका विषयमा खोटाङ जिल्लावासीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर खोटाङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य राम कुमार राई पासाङ सहित जिल्लाका १० वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका हुन् ।
जिल्लामा असाेज १० देखी १२ सम्मको वर्षात पछि निम्त्याएको वितण्डाले जिल्लालाई तराईसँग जोड्ने फोक्सिङ्टारको पुल बगाएपछि भएको प्राकृतिक नाकाबन्दीलाई प्रमुख विषय बनाएर प्रधानमन्त्री ओलिको ध्यानाकर्षण गराइएको थियो । उक्त पुल बगाएपछि जिल्लावासी प्राकृतिक नाकाबन्दीमा परेपछि त्यसको विकल्प खोज्न सरकारसँग माग गरिएको प्रतिनिधि सभा सदस्य राम कुमार राई पासाङले बताउनुभयो ।
उक्त पुललाई पुननिर्माण गर्न अथवा अस्थाई रुपमा बेलिब्रिज लगाएर सञ्चालन गर्न सरकार सँग माग गरिएको उहाँले बताउनुभयो । बाढीले जिल्लामा उक्त पुल सँगै सडक पूर्वाधार समेत बगाएको थियो । सो विषयमा समेत प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री ओली र अर्थ मन्त्री विष्णु पौडेल सहितलाई जिल्लामा बाढीले निम्त्याएको समस्याका विषयमा ध्यानाकर्षण गराइएको बताइएको छ । ध्यानाकर्षणका लागी प्रतिनिधि सभा सदस्य राई, सांसद सरस्वती बजिमय, कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई सहित १० ओटै पालिकाका प्रमुख तथा प्रतिनिधि, जिल्ला स्थित कृयाशिल राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, संघ संस्थाका प्रतिनिधीहरु लगाएत उपस्थिति रहेको थियाे।

divya collage
unigloble collage
baneshwor multiple campus ad -2083