आईजीपी बसन्त कुँवरद्वारा पोस्ट ग्रया्जुयट डिप्लोमा इन पुलिस साईन्स कार्यक्रमको उद्घाटन
वि.सं.२०८१ कात्तिक ५ सोमवार १६:३३
shares

काठमाडौ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरद्वारा पोस्ट ग्रया्जुयट डिप्लोमा इन पुलिस साईन्स कार्यक्रमको उद्घाटन गरेका छन् ।
नेपाल प्रहरीका आइजीपी बसन्त कुँवरले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा संचालित ‘Post Graduate Diploma In Police Sciences (PGDPS)’ कार्यक्रम समावेश भएको प्रहरी निरीक्षक आधारभूत तालिम १-१८३औं समूह (PGDPS १४औं ब्याच) को सोही प्रतिष्ठानमा सोमबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नु भएको हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले बद्लिदो परिवेश र परिवर्तनलाई आत्मसाथ गर्दै नेपाल प्रहरी संगठनको आधुनिकीकरण एवम् सुदृढिकरणका लागि सांगठनिक आवश्यकतालाई सम्बोधन गर्न सक्षम नेतृत्व तयार गर्न तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समेत प्रतिस्पर्धा गर्न सक्ने योग्य र सक्षम जनशक्ति उत्पादन र विकास गर्नको लागि यो कोर्स सहयोगशिद्ध हुने उल्लेख गर्नुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी राज्यको एक मात्र दुरदराजसम्म फैलिएको आम नागरिकको सेवामा चौबिसै घण्टा परिचालित हुने, असाह्य, पीडित र अन्यायमा परेका हरेक नागरिकको आड र भरोसाको केन्द्र रहेको चर्चा गर्दै यस्तो संगठनमा आवद्ध भएर प्राप्त हुने कर्म र धर्मको समिश्रणको सौभाग्य धेरै कमलाई मात्र प्राप्त हुने भएकोले देश र नागरिकको सेवामा समर्पित नेपाल प्रहरी जस्तो ऐतिहासिक एवम् गरिमामय संगठनमा प्रशिक्षार्थिहरूलाई स्वगत समेत गर्नुभयो ।
समुद्घाटन समारोहमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डा. डिल्लीराज शर्मा, सहायक डीन डा. हरी प्रसाद अधिकारी, ने.प्र.प्र.का. मानवश्रोत विकास विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक भीम प्रसाद ढकाल, PGDPS कार्यक्रमका सल्लाहकार प्रा.डा. राजिव विक्रम राणा, प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत प्रहरी वरिष्ठ उपरिक्षकहरु, अन्य सिनियर प्रहरी अधिकृतहरु, जुनियर प्रहरी अधिकृतहरु तथा प्रशिक्षक वर्गहरु समेतको उपस्थिति रहेको थियो ।































