अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिद्वारा केपी ओली सरकार विरूद्ध मसाल जुलुस प्रदर्शन
वि.सं.२०८१ कात्तिक ८ बिहीवार २३:१०
5.76K
shares
shares

काठमाडौ । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिले मसाल जुलुस निकालेका छन् ।
बिहिबार संगठनले सरकारको गलत कदम विरूद्ध तीनकुनेकाे पेन्टागन कलेज अगाडि प्रधानमन्त्री केपी शर्मा ओली सरकारकाे राजिनामा मागसहित मसाल जुलुस प्रदर्शन गरेका हुन्।
बानेश्वर बहुमुखी क्याम्पस देखि शुरु हुँदै तीनकुने पेन्टागन कलेजबाट मसाल जुलुस निकालेकाे अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिका अध्यक्ष भुमिराज अधिकारीले बताए ।
पछिल्लो समय सरकारले ल्याउन लागेको दल विभाजन अध्यादेशबारे आलोचना भइरहेको छ। साथै नेकपा (माओवादी केन्द्र) ले कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा गर्ने कार्यक्रम भएकाेले उक्त कार्यक्रमकाे पुर्बसन्ध्यामा मसाल जुलुस प्रदर्शन गरेकाे समेत अध्यक्ष अधिकारीले बताए ।
उनीहरुले नालायक प्रधानमन्त्री राजिनामा दे , केपी चोर देश छोड , भ्रष्टचारीलाई फासी दे, भु माफिया सरकार मुर्दावाद सहकारी पिडितलाई न्याय दे लगायतका नारा लगाएका थिए ।
उक्त कार्यक्रममा केन्द्रीय समितिकाे नेतृत्व,क्याम्पस जिल्लाकाे नेतृत्व, युवा विद्यार्थीहरु लगाएतकाे उपस्थिति रहेको थियाे ।






































