आइजीपी कुँवरद्वारा नवनिर्मित नेपाल प्रहरी स्कुल शान्तिपुर, चितवनको छात्रावासको समुद्घाटन
वि.सं.२०८१ कात्तिक ८ बिहीवार २३:५०
3.68K
shares
shares

चितवन । प्रहरी महानिरीक्षक (आइजीपी) बसन्त बहादुर कुँवरद्वारा नवनिर्मित नेपाल प्रहरी स्कुल शान्तिपुर, चितवनको छात्रावासको समुद्घाटन गरेका छन् ।
नेपाल प्रहरी कल्याण कोषको ऋण सहयोग तथा स्कुलको आन्तरिक स्रोतबाट नवनिर्मित नेपाल प्रहरी स्कुल शान्तिपुर, चितवनको छात्रावास तथा भौतिक संरचनाको समुद्घाटन प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
नवनिर्मित नेपाल प्रहरी स्कुल शान्तिपुर, चितवनको छात्रावासको निर्माणमा योगदान पुर्याउनु हुने निर्माण व्यावसायिलाई प्रशंसा पत्र वितरण गर्नु भएको थियो ।





















