“हराएका २५ वटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा धनीलाई हस्तान्तरण ”

3.52K
shares

काठमाडौ । काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले “ हराएका २५ वटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण ” गरेको छ।

विभिन्न समयमा हराएका २५ वटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले बुधबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच  कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरत बहादुर बोहराले १७ वटा मोटरसाइकल र ८ वटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गर्नु भएको हो ।

आज बुझाइएका २५ वटा सहित १७६ वटा सवारी साधन साउन महिनादेखी हालसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ ।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083