प्रहरी उपरीक्षक श्याम बाबु ओलियाद्वारा ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीको निरीक्षण

5.75K
shares

कास्की । ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीको निरीक्षण तथा स्थानिय व्यक्तिहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्याम बाबु ओलियाले मातहत ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीको स्थलगत निरिक्षण गर्नु भयाे।

कार्यक्रममा उपस्थित सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई शान्ति सुरक्षा, समुदायसंग गर्नुपर्ने प्रहरीको आचारण व्यवहार, मानव अधिकार संरक्षण, ट्राफिक व्यवस्थापन, तथा समसामयिक विषयमा आवश्यक निर्देशन गर्नु भएको ।

सोही अवसरमा पोखरा महानगरपालिका वडा नं.२६,२७,२८,२९,३०,३१,३२,३३ तथा मादी गाँउपालिका र रुपा गाँउपालिकाका जनप्रतिनिधी, विभिन्न पेशा व्यवसायीहरु, संघ संस्थाका प्रतिनिधी, स्थानियहरुसँग शान्ति सुरक्षा, प्रहरी सेवा प्रवाहको विषयमा अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरिएको हाे। कार्यक्रममा सहभागीहरुबाट उठेका गुनासो तथा सुझाबहरुको प्रहरी उपरीक्षक श्याम ओलियाले सम्बोधन गर्नु भएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083