नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी विश्व अधिकारीलाई

2.24K
shares

काठमाडौ । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई तोकिएको छ ।

प्रहरी प्रधान कार्यालयले आज प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी अधिकारीलाई प्रवक्ताको जिम्मेवारी तोकेको हो ।

नेपाल प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रहरीको सम्पादित काम कारबाहीलाई यथार्थ र तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्न जिम्मेवारी तोकिएको छ ।’ नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यामहरुमा सम्प्रेषण गर्न एसएसपी अधिकारीलाई प्रवक्ताको जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083