३० औ अन्तरमाध्यमिक विद्यालय आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता कार्यक्रम सम्पन्न

4K
shares

शुक्रबार नेपाल पुलिस स्कुल साँगामा सञ्चालित ३० औ अन्तरमाध्यमिक विद्यालय आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता २०८१ कार्यक्रममा बोल्दै आइजीपी कुँवरले यस्तो बताएका हुन् ।

विज्ञान र प्रविधिको आजको युगमा शैक्षिक गतिविधिलाई समय सापेक्ष व्यावहारिक बनाउन सकेमा उपलब्धिमूलक परिणाम दिन सक्ने भएकोले विद्यार्थीहरूको बौद्धिक एवं व्यक्तित्व विकासमा सहयोग पुग्ने गरी समसामयिक शैक्षिक वातावरण निर्माणतर्फ विद्यालय परिवार सदैव क्रियाशल रहनुपर्ने आइजीपी कुँवरको जोड थियो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले विजयी खेलाडी विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा टिमलाई ट्रफी नगद पुरस्कार तथा प्रमाणपत्र एवं म्याच रेफ्री र अफिसियलहरूलाई प्रमाणपत्र प्रदान गरे ।

यस्तै कार्यक्रममा अखिल नेपाल फुटबल सङ्घका उपाध्यक्ष दावा लामा र बनेपा नगरपालिकाका उपप्रमुख बिमला सापकोटा दाहालले प्रतियोगिता रनरप टिमलाई मेडल र प्रमाणपत्र वितरण गरे ।

साथै काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल र अखिल नेपाल फुटबल सङ्घका उपमहासचिव बद्री भट्टराईले प्रतियोगिताका सेकेन्ड रनर अप टिमलाई मेडल तथा प्रमाणपत्र वितरण गरे ।

आज भएको फाइनल खेलमा सशस्त्र प्रहरी विद्यालय कीर्तिपुर टिमले नेपाल पुलिस स्कुल साँगा रातो टिमलाई ३-० गोल अन्तरले पराजित गरेको थियो ।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले धन्यवाद ज्ञापन गरेका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083