ललितपुर प्रहरी कार्यालयद्वारा मङ्सिर महिनाकाे उत्कृष्ट प्रहरी घोषणा

5.19K
shares

ललितपुर । जिल्ला प्रहरी कार्यालय ललितपुरले मङ्सिर महिनाकाे उत्कृष्ट प्रहरी घोषणा गरेको छ।

कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक शेखर खनालले प्रहरी प्रभाग गोदावरी ललितपुरमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सन्तोष कार्कीलाई नगद पुरस्कार तथा प्रशंसा-पत्र प्रदान गर्नु भएकाे थियाे ।

नेपाल प्रहरी संगठनले दिएको जिम्मेवारी पूर्णरुपमा लगनशील, कर्तव्यनिष्ठ एंव अपराध अनुसन्धान र प्रहरी कारबाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्य गरी आम नागरिकका माझ प्रहरी संगठनको गरिमा राख्न सफल भएकाे हाे ।

उक्त योगदानको उच्च कदर गर्दै नगद पुरस्कार तथा प्रशंसा-पत्र सहित २०८१ साल मंसिर महिनाको “ Police of The Month”को घोषित गरि पुरस्कृत गरिएकाे हाे ।

साथै पेशा प्रति समर्पित रही,लगनशिल एवं निष्ठावान भई उत्कृष्ट ढङ्गबाट कार्यसम्पादन गर्ने निम्न २ जना प्रहरी कर्मचारीहरु समेतलाई प्रोत्साहन स्वरुप नगद पुरस्कारद्वारा पुरस्कृत गरिएकाे थियोे ।


divya collage
unigloble collage