क्रिकेट मैदान बाहिर युवकमाथि कुटपिट गरेको घटनाबारे प्रहरीले थाल्यो छानबिन

2.39K
shares

शनिबार त्रिभुवन विश्वविद्यालयको गेट नजिकै एक समूहले सर्लाहीको बलरा घर भएका अमनकुमार सिंहलाई कुटपिट गरेको घटनाबारे अनुसन्धान थालिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसपी नवराज अधिकरीले बताए ।

उनले  भने, ‘ त्रिविको गेट नजिकै एक युवामाथि कुटपिट भएको घटनाबारे अनुसन्धान थालेका छौं।यसबारेमा हामी छानबिन गरिरहेका छौं।’उनका अनुसार कुटपिटबाट घाइते भएका युवको दुवै हात र शरीरको विभिन्न भागमा चोट लागेको छ ।

मैदानमा गेम सकिएलगत्तै जनकपुर बोल्ट्सका समर्थक रहेका उनीमाथि अन्‍य टिमका समर्थकले सांघातिक आक्रमण गरेको  आरोप छ ।

साथै अन्‍य टिमका समर्थकले उनलाई जनकपुर बोल्ट्सका ‘मधेशी’ समर्थक भनेर नश्लीय साम्प्रदायिक व्यवहार गरेको आरोप छ । दरबार हाइस्कुलमा १२ कक्षामा अध्‍ययनरत उक्त युवकको वीर अस्पतालमा उपचार  भइरहेको छ ।

यता, अन्‍य समर्थकको भिडले कुटपिट र लछारपछारका कारण युवकको दुवै हात भाँचिएको भनेर मधेशी आयोगमा उजुरी समेत परेको छ । उजुरीपछि मधेशी आयोगले घटनालाई छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको मधेशी आयोगका कार्यवाहक अध्यक्ष जिवछ साहले बताए ।

उनले भने, ‘जनकपुर बोल्ट्सका समर्थकप्रति केही व्यक्ति र समूहबाट भएको नश्लीय र साम्प्रदायिक व्यवहार निकै दुःख लाग्ने खालको छ, सरकारले यसमा तुरुन्तै कारबाही अगाडी बढाओस् ।’  साथै उनले कुटपिटमा संलग्नलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083