CCTV हस्तान्तरण कार्यक्रम सम्पन्न
वि.सं.२०८१ पुस ७ आइतवार १८:०६
shares

उदयपुर । CCTV हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। गाईघाट बजारलाई प्रविधिमैत्री बनाई सुरक्षा व्यवस्थापनलाई अझ सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने नवीनतम् उदेश्यले गाईघाट उदयपुर स्थित विभिन्न ६ वटा वैङ्कहरुले त्रियुगा नगरपालिका र जिल्ला प्रहरी कार्यालय उदयपुरसँगको सहकार्यमा १४ थान सि.सि.टि.भी. क्यामेरा जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रत्यक्ष निगरानीमा सञ्चालन गर्ने गरी हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हाे ।
गाईघाट स्थित राष्ट्रिय वाणिज्य वैङ्क, कृषि विकास वैङ्क, सानिमा वैङ्क, ग्लोबल आई.एम.ई. वैङ्क, लक्ष्मी सनराईज वैङ्क र सिद्दार्थ वैङ्कका शाखा प्रमुखहरुले एकमुष्ट १४ थान सि.सि.टि.भि. जिल्ला प्रहरी कार्यालय उदयपुरलाई हस्तान्तरण गर्नुभएको थियो ।
उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय उदयपुर प्रमुख प्रहरी उपरीक्षक हरिहर नाथ योगीले धन्यवाद् ज्ञापन गर्दै यस प्रकारको सकारात्मक पहलले प्रहरी र समुदायबीचको सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको तथा यसले सुरक्षा व्यवस्थापनलाई अझ सुदृढ गर्ने र सि.सि.टि.भी. निगरानी व्यवस्थाको प्रभावकारी सञ्चालनले विशेष गरी बैंक तथा वित्तीय संस्थामा हुने सम्भावित अपराध रोकथाममा महत्वपूर्ण सहयोग गर्ने बताउनु भएको थियो ।































