प्रहरी अतिरिक्त महानिरीक्षक बुद्दिराज गुरुङद्वारा जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण
वि.सं.२०८१ पुस १३ शनिवार १९:२७
5.69K
shares
shares

उदयपुर । नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक बुद्दिराज गुरुङले जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण गर्नु भएको छ।
मातहत सम्पूर्ण प्रहरी कर्मचारीहरूसँग अन्तरक्रिया गर्दै, उहाँले यस कार्यालयबाट सम्पादित कार्यसम्पादनको प्रशंसा गर्नुभएको र अझ उत्कृष्ट सेवा प्रवाहका लागि उच्च मनोबलका साथ कानूनको अधिनमा रही त्रुटिरहित तवरले कार्य गर्न निर्देशन दिनु भयाे ।
प्रहरी संगठनलाई प्रभावकारी बनाउँदै नागरिकमैत्री सेवा प्रवाह गर्न नेपाल प्रहरी प्रतिवद्ध रहेको उल्लेख गर्दै उहाँले अनुशासन, इमानदारी र व्यावसायिक क्षमतामा आधारित कार्यसम्पादनले मात्र संगठनको लक्ष्य हासिल गर्न सकिने बताउनु भएको थियोे ।














