एसएसपी श्यामकृष्ण अधिकारीले सम्हाले ललितपुर प्रहरी प्रमुखको जिम्मेवारी
वि.सं.२०८१ पुस २२ सोमवार ११:३०
3.22K
shares
shares

ललितपुर । प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) श्यामकृष्ण अधिकारीले जिल्ला प्रहरी कार्यालय ललितपुरकाे जिम्मेवारी सम्हालेका छन्।
ललितपुर जिल्ला प्रहरी प्रमुखको जिम्मेवारीमा सरुवा भएका एसएसपी श्यामकृष्ण अधिकारीले ललितपुर प्रहरीको कमाण्ड सम्हालेका छन्। आज जाउलाखेल जिल्ला प्रहरी परिसर ललितपुरमा एसएसपी अधिकारीलाई सलामीसहित बिशेष स्वागत गरेको छ।
केही दिनअघि गृह मन्त्रालयले अधिकारीलाई ललितपुर प्रहरी प्रमुखमा सरुवा गरेको थियो ।

















