एसएसपी बसन्त रजौरेद्वारा ३ दिने मनोविमर्स तथा स्व: हेरचाह सम्बन्धी तालिमको समुद्घाटन
वि.सं.२०८१ माघ १३ आइतवार २२:२०
4.12K
shares
shares

काठमाडौ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त रजौरेले ३ दिने मनोविमर्स तथा स्व: हेरचाह सम्बन्धी तालिमको समुद्घाटन गर्नु भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको प्रशिक्षण हलमा कुमुदिनी नेपालको आयोजना र जिल्ला प्रहरी परिसर काठमाडौं तथा लैंङ्गिक हिंसा नियन्त्रण संजाल काठमाडौको सहकार्यमा उक्त कार्यक्रम भएको हाे ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरुका लागि ३ दिने मनोविमर्स तथा स्व: हेरचाह सम्बन्धी तालिमको परिसरका प्रमुख एसएसपी वसन्त रजौरेद्वारा समुद्घाटन गर्नु भएको थियोे ।
साथै कुमुदिनी नेपालको संयोजक अनुराधा आचार्यबाट तालिम सम्बन्धी संक्षिप्त जानकारी समेत प्रदान गर्नु भएको ।















