अपराध अनुसन्धानमा उल्लेखनीय सफलता हासिल गरेर बिदा भए एसएसपी भट्टराई
वि.सं.२०८१ माघ १९ शनिवार १०:३७
2.91K
shares
shares

काठमाडौ । अपराध अनुसन्धानमा उल्लेखनीय सफलता हासिल गरेर काठमाडौँ अपराध अनुसन्धान कार्यालयबाट एसएसपी सानराम भट्टराई बिदाई भएका छन् ।
काठमाडौँ अपराध अनुसन्धान कार्यालयबाट सरुवा भएका सानराम भट्टराईलाई एक कार्यक्रम आयाेजना गरि बिदाई गरिएको हाे ।
एसएसपी सानराम भट्टराईले नौ महिना कार्यकालमा अपराध अनुसन्धानमा उल्लेखनीय सफलता हासिल गर्नुका साथै उपत्यकाभित्र घटेका घटनाहरूको सफल अनुसन्धान गरी पीडितहरूलाई न्याय दिन सफल भए।
साथै एसएसपी भट्टराईले वैदेशिक रोजगारमा विदेश लैजान्छौं भन्दै सोझा साझा जनतालाई ठग्नेहरू विरुद्धमा खरो रुपमा उत्रिए। उनै एसएसपी भट्टराईको पालामा ४३२ किलो रक्तचन्दन समेत समाउन सफल रहेका थिए ।
































