गुण्डागर्दी नियन्त्रणका लागि ‘प्रोफाइलिङ’ भइरहेको छ : एआइजी तामाङ

4.36K
shares

बिहीबार उपत्यका प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अपराध नियन्त्रण तथा सर्वसाधारणमा त्रास फैलाउने कार्य रोक्न प्रहरीले निगरानी बढाएको जानकारी दिए।

‘आम नागरिकलाई त्रास देखाएर ठगी गर्ने, अपराधलाई बढावा दिने तथा गुण्डागर्दी गर्नेहरूको प्रोफाइलिङ गर्दैछौं,’ एआइजी तामाङले भने, ‘उनीहरू टोले गुण्डा हुन् वा राजनीतिक संरक्षण प्राप्त गरेका, प्रहरीले निगरानी बढाएको छ।’

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गुण्डागर्दीमा संलग्न व्यक्तिहरूको गतिविधि नजिकबाट हेर्दै आएको उनले बताए। कतिपयलाई आपराधिक गतिविधिमा संलग्न हुनसक्ने आशंकामा निगरानीमा राखिएको प्रहरीको भनाइ छ।

यस्तै, सामाजिक सञ्जालमार्फत डर धम्की फैलाएको आरोपमा सात जनालाई पक्राउ गरिएको एआइजी तामाङले जानकारी दिए।

‘हिजो भर्खरै सात जनालाई अपराध अनुसन्धानले पक्राउ गरेको छ। आफ्नो प्रभाव देखाउन तरबार–खुकुरीले केक काट्ने जस्ता गतिविधि गरेका थिए,’ उनले भने।

कार्यक्रममा उपत्यका प्रहरी कार्यालयले गर्दै आएका कामकारबाहीबारे जानकारी गराउनुका साथै सुधार योजनाबारे पनि छलफल गरिएको थियो।


divya collage
unigloble collage