CCTV मनिटर सहितको प्रहरी विट सेदीको समुद्घाटन कार्यक्रम सम्पन्न

4.73K
shares

कास्की । CCTV मनिटर सहितको प्रहरी विट सेदीको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १८ सेदी स्थितमा “NPR CCTV जडित नवनिर्मित प्रहरी विटको समुद्घाघाटन कार्यक्रम” सम्पन्न भएको हाे ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक भोला बहादुर रावलकाे प्रमुख आतिथ्यता तथा पोखरा महानगरपालिका वडा नं. १८ का जनप्रतिनिधि रमेश थापाकाे अध्यक्षतामा जिल्ला प्रहरी कार्यालय कास्कीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्याम बाबु ओलिया, सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष तथा पदाधिकारीहरु, बिभिन्न संघ संस्थाका प्रमुख तथा पदाधिकारी, बिभिन्न आमा समूहका अध्यक्ष तथा पदाधिकारीहरु, संचारकर्मी समेतको उपस्थितीमा १२ वटा NPR (Number Plate Recognition) CCTV जडित नवनिर्मित प्रहरी विट सेदीको समुद्घाषटन कार्यक्रम सम्पन्न गरिएको थियाे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083