एआईजी सुदिप गिरीको प्रमुख आतिथ्यतामा आन्तरिक तथा बाह्य प्रशिक्षक अभिमुखीकरण एवं भ्रमण कार्यक्रमको समुद्‌घाटन

8K
shares

काठमाडौ ।   प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुदिप गिरीको प्रमुख आतिथ्यतामा आन्तरिक तथा बाह्य प्रशिक्षक अभिमुखीकरण एवं भ्रमण कार्यक्रमको समुद्‌घाटन भएको छ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको आयोजनामा मिति २०८१ फागुन २३ गते देखि  २०८१ फागुन २५ गतेसम्म रिभर फन बिच रिसोर्ट (River Fun Beach, Resort) सुकुटे, सिन्धुपाल्चोकमा सञ्चालन हुने आन्तरिक तथा बाह्य प्रशिक्षक अभिमुखीकरण एवं भ्रमण कार्यक्रम यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा आज मिति २०८१ फागुन २३ गते पानसमा दीप प्रज्वलन गरी समुद्‌घाटन भएको हाे।

उक्त कार्यक्रममा प्रमुख अतिथीले आन्तरिक तथा बाह्य प्रशिक्षक नै समय सापेक्ष प्रहरी जनशक्ति उत्पादनको आधार भएको कुरा व्यक्त गर्दै प्रशिक्षणको महत्वलाई मनन गर्न सम्पूर्ण प्रशिक्षकहरुलाई निर्देशन दिनु भयो ।

त्यसैगरी नेपाल प्रहरीको तालिम सञ्चालन कार्यादेश, २०७९ लगायत विभिन्न प्रशिक्षण मापदण्डहरुलाई पालना गर्नु, व्यावसायिक र उद्देश्यमूलक तवरबाट तालिम सञ्चालन गर्नु नेपाल प्रहरीका सबै प्रशिक्षण प्रदायक संस्थाहरुको मुख्य प्राथमिकता हुनुपर्ने कुरामा जोड दिनु भयो । उक्त कार्यक्रममा रा.प्र.प्र.प्र. तालिम शाखाका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले स्वागत मन्तव्य तथा कार्यक्रम सम्बन्धी संक्षिप्त जानकारी प्रस्तुत गर्नु भएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083