डिआईजी राजन अधिकारीद्वारा वहुउदेश्यीय हल समुद्घाटन
वि.सं.२०८१ चैत २५ सोमवार १४:०४
shares

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुर परिसरमा निर्मित वहुउदेश्यीय हल (Multi-Purpose Hall) को समुद्घाटन कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरु, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरु, समाजसेवी एवं सकल दर्जाका प्रहरी कर्मचारीहरु समेत गरी करिब १५० जनाको उपस्थिती रहेको थियो ।
विभिन्न स्थानीय तह, सहयोगी व्यक्तिहरु तथा प्रहरी श्रमदानमा निर्माण भएको उक्त वहुउदेश्यीय भवन निर्माणको उदेश्य, आवश्यक्ता सहित संक्षिप्तमा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक हरिहर नाथ योगीले स्वागत मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले विभिन्न स्थानबाट श्रोत साधन जुटाई वहुउदेश्यीय हल निर्माण गर्न सफल भएकोमा जिल्ला प्रहरी कार्यालय उदयपुरका समस्त परिवारलाई धन्यावाद् दिदै आफ्नो मन्तब्य राख्नुभएको थियो ।


















