आईजीपी दिपक थापाको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा १-१८४औं समूहको प्रहरी निरीक्षक आधारभूत तालिमको उद्घाटन
वि.सं.२०८२ जेठ २३ शुक्रवार २०:५८
shares

काठमाडौ । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा १-१८४औं समूहको प्रहरी निरीक्षक आधारभूत तालिमको उद्घाटन भएको छ ।
सो अवसरमा प्रहरी महानिरीक्षक थापाले नागरिकबाट कुशल प्रहरी अधिकृतको रूपमा संगठन तथा राष्ट्रको लागि महत्वपूर्ण योगदान दिन सक्ने काबिल अधिकृतको रूपमा रूपान्तरण गरी व्यावसायिक प्रहरी बनाउने कठिन यस तालिमलाई अनुशासित, मर्यादित, लगनशील र धैर्यवान भई उच्च मनोबलका साथ हासिल गर्नुपर्नेमा जोड दिनुभयो । अहिलेको बद्लिँदो परिस्थितिमा पुलिसिङ ज्यादै चुनौतिपूर्ण रहेको बताउँदै उहाँले तालिमको अवधिमा सिकाइने ज्ञान सीप र कौशलले व्यावसायिक प्रहरी जीवनमा आइपर्ने जस्तोसुकै कठिन परिस्थितिलाई पनि सामना गर्न प्रभावकारी हुने चर्चा गर्नुभयो ।

सोही प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै तालिम सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको थियो ।
साथै प्रहरी महानिरीक्षक दिपक थापाले शुक्रबार आयोजित कार्यक्रमबीच राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको निरीक्षण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई समसामयिक विषयमा निर्देशन समेत दिनुभयो ।
निरीक्षण भ्रमणका क्रममा प्रहरी महानिरीक्षक थापाले नवनिर्मित आवास भवन, फिजियोथेरापी कक्ष, इन्डोर क्रिकेट अभ्यास मैदान, शैलुन, नेपाल पुलिस स्टाफ कलेजको कार्यालय भवन, कक्षाकोठा तथा विद्यार्थी अधिकृत व्यारेक, सिनियर प्रहरी अधिकृत मेस, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयको प्रयोगशालाको समेत अवलोकलन गर्नुभयो । साथै सोही अवसरमा प्रहरी महानिरीक्षक थापाले प्रतिष्ठान परिसरमा वृक्षरोपण समेत गर्नुभयो ।
















